दफा २०
परिषद्को बैठक र निर्णय
(१) परिषद्को बैठक परिषद्को अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(२) परिषद्को बैठक वर्षको कम्तीमा दुई पटक बस्नेछ।
(३) परिषद्को बैठक बस्नुभन्दा कम्तीमा अठ्चालीस घण्टा अघि परिषद्को सदस्य-सचिवले: बैठकमा छलफल हुने विषय सहितको जानकारी परिषद्का सबै सदस्यलाई गराउनु पर्नेछ ।
(४) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले गर्नेछु र निजको अनुपस्थितिमा बैठकमा उपस्थित वरिष्ठतम्‌ सदस्यले बैठकको अध्यक्षता गर्नेछ।
(५) परिषद्को बैठकमा आवश्यकता अनुसार सम्बन्धित पदाधिकारी वा विज्ञलाई आमन्त्रण गर्न सकिनेछ।
(६) कार्यालयले परिषद्को सचिवालयको रूपमा कार्य गर्नेछ।
(७) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद्‌ आफैंले निर्धारण गरे बमोजिम हुनेछ।